दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
friday 29 aug 2025