विराटनगर, २०८३ वैशाख ६ गते ।
झापा र मोरङ जिल्लाको अलगअलग स्थानहरूबाट ब्राउन सुगर सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिले चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका-७ का गंगा बहादुर मगरलाई १३ ग्राम २०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहितपक्र!गरेको हो। वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी नियमित चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका-७ का अमिल लिम्बुलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।