सुनसरी जिल्लाको दुहबी नगरपालिका–३ स्थित एक कवाडी गोदाममा आज केही समयअघि भीषण आगलागी भएको छ। आगलागीको खबर प्राप्त हुनासाथ विराटनगर, दुहबी, ईटहरी र ईनरुवा नगरपालिकाबाट दमकलहरू घटनास्थलमा पुगिसकेका छन्।
हाल दमकल टोलीले आगो नियन्त्रणमा लिन सक्रिय प्रयास गरिरहेको छ। प्रारम्भिक विवरणअनुसार, गोदाममा रहेका अत्यधिक ज्वलनशील सामग्रीहरूले गर्दा आगो तीव्र गतिमा फैलिएको हो भन्ने अनुमान गरिएको छ।
क्षतिको विवरण र आगलागीको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ। कुनै मानव क्षति भएको छ कि छैन भन्ने विषयमा समेत यथार्थ विवरण प्रतिक्षामा छ।
thursday 24 jul 2025