झापा । झापाको कमल गाउँपालिका–६ का २४ वर्षीय नवराज भट्टराई लागू औषधसहित पक्राउ परेका छन् ।
लागुऔष्ध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरीले उनलाई मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो पक्राउ गरेको हो । पैदल हिँडिरहेका भट्टराईलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ६ ग्राम ७५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
भट्टराईलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
wednesday 08 apr 2026