सुनसरीको बर्जुबाट गैंडाको खाग सहित चारजना पक्राउ

dasgaja.com

सुनसरी ।  झापाबाट  गैंडाको खाग लिएर आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सुनसरी बर्जु गाउँपालिका–६ बाट सशस्त्र प्रहरीले बिहीबार राति गैडाको खागसहित चारजना लाई पक्राउ गरेको छ।।                                          सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।                                पक्राउ परेकाहरूको साथबाट एउटा खाग, दुई वटा मोटरसाइकल बरामद गरिएको र  पक्राउ परेकाहरूको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।            आवस्यक अनुसन्धान भइरहेको र यसको सञ्जाल ठुलो भएकोले थप अनुसन्धान पछि  थप विवरण सार्वजनिक गरिने उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया