ठुलो परिमाण लागु औषध गाँजा सहित दुईजना पक्राउ

dasgaja.com

२०८३ बैशाख २ गते।  सुनसरी , सुनसरीको बराहक्षेत्र नगरपालिका-६  सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको  छ ।                                                                    हिजो  (वैशाख १ गते राती ९ बजे) विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।      पक्राउ पर्नेहरूमा  बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठ रहेका छन् ।                                    को. ३० प ९४७५ नम्बरको मोटरसाईकल र  गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको  प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया