खैरो हिरोईन दुईजना पक्राउ

dasgaja.com

बिराटनगर। मोरङको  रतुवामाई नगरपालिका-७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित स्थानीय  अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।            यसैगरी झापाको भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ सैनिक मोड बस्ने  हरि प्रसाद राजबंशीलाई  प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले राजबंशीलाई  लागु पदार्थ सहित पक्राउ गरेको हो ।             पक्राउ परेकाहरू लाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया