ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

dasgaja.com

सुनसरी , २०८३ वैशाख ८ गते ।

सुनसरीको धरान उप-महानगपालिका-१६ बाट १७ हजार १ सय ५० चक्की प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।                                       हिजो (वैशाख ७ गते) विशेष सुचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ का राहुल आचार्यलाई  प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार १०० क्याप्सुल र स्पास्पेन १४ हजार  ट्याब्लेट  सहित पक्राउ गरेको हो ।                                                                                  पक्राउ परेका आचार्यलाई  इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी  थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया