लागू औषध खैरो हिरोईनसहित दुईजना पक्राउ

dasgaja.com

विराटनगर, २०८२ वैशाख ८ गते।

सुनसरी र इलामबाट लागु औषध खैरो हिरोईनसहित एकएक जना पक्राउ परेका छन् ।

हिजो (बैशाख ७ गते)दिउँसो साँढे १२ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ बाट  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप-महानगरपालिका-१४ बस्ने ३५ वर्षिय निश्चल बस्नेतको साथबाट ८३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ।                     यसैगरी इलामको प्रहरी चौकी दानबारीले माई नगरपालिका-४ सुखानिबाट माई नगरपालिका-८ का ४४ वर्षिय सन्तोष कुमार गोलेलाई ५ ग्राम ८९० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेको दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

प्रतिक्रिया