कोशी प्रदेशका अलगअलग स्थानबाट ८ जना पक्राउ

dasgaja.com

युगनन्दन मुखिया।

बिराटनगर ।झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।                                                                    बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ बाट  लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय  संजोग राई,  रुपेश दर्जी र अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।              त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा-२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगर सहित र कोशी गाउँपालिका-१ बाट बराहक्षेत्र नगरपालिका-६ का हरी बहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानी, रानी (सिमा) र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले  बिराटनगरबाट सुन्दरहरैचा-५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी भागलपुर उदयपुरले बेलका-१ बाट स १० प ७८०१ नम्बरको मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-७ का आर्जु राई र मोटरसाईकल पछाडी सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ ।                                                            पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

प्रतिक्रिया