आज तीनवटा समितिको बैठक बस्दै

dasgaja.com

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा समितिको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका तीन समितिको बैठक बस्ने भएको हो ।

दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।                                                           यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।

सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया