काठमाडौँ, असोज २६ गते। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वास्थ्य लाभ गरी गरी निवास फर्कनु भएको छ ।
राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको र स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिनुभयो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएकोमा स्वास्थ्य परीक्षण तथा उपचार पश्चात उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले आज डिस्चार्ज गरिएको व्यहोरा जानकारी गराउँदछौं ।’’
sunday 12 oct 2025