पुर्व सभामुख तथा माओवादी नेता महरा पक्राउ

dasgaja.com

काठमाडौ । पुर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महरा पक्राउ परेका छ्न।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज (आइतबार) महरालाई पक्राउ गरेको हो ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।        विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा शंकाको घेरामा परेका थिए । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो ।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएपनी उन्मुक्ति पाएका थिए।

प्रतिक्रिया