टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

dasgaja.com

बन्दिपुर ।तनहुँमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

आइतबार दिउँसो बन्दिपुर गाउँपालिका- १ नाहालास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकलाई सो दिशातर्फ गुडिरहेको ग.२ ख १५६१ नम्बरको ट्रिपरले ठक्कर दिँदा करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका- ७ घर भएका धर्मराज सेन रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हाे। प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया